बारा – अन्तराष्ट्रिय बिमानस्थल निजगढका सम्बन्धमा पौष ३ गते सिमरामा सर्वदलिय र सर्वपक्षिय अन्तरक्रृया कार्यक्रमहुने भएको छ । आज सिमरामा सम्पन्न सरोकारपक्षहरुको बैठकले सो निर्णय गरेको हो । अन्तराष्ट्रिय बिमानस्थल निजगढका बारेमा केहि समुहले योजनाबद्धरुपमा नै बिभिन्न खालका भ्रमहरु सृजना गर्न लागिपरेकोले त्यसलाइ चिर्न कार्यक्रमको आयोजना गर्न लागिएका हो ।

 

 

 

आज सिमरामा सम्पन्न बैठकमा पुर्व मन्त्रि पुरुषोत्तम पौडेल,प्रदेस सभाका सदस्य सुन्दर बिक,संबिधान सभाका सदस्य जयराम दाहाल,नेकपाका कन्द्रिय सदस्यहरु अच्युत मैनाली,दिनेस राई,जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल,उपप्रमुख सरस्वती देबि चौधरी,नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ,जितपुरसिमरा सार्वजनिक सरोकार समितीका संयोजक मनोज पौडेल, जितपुरसिमरा नगरउधोग बाणिज्य संघका अध्यक्ष संजय साह,होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष मोहन शर्मा,नेकपाका नेता राजन पौडेल,पुर्व गाबिस अध्यक्ष भोला अधिकारीलगायतको सहभागिता रहेको थियो ।

 

 

 

अन्तरक्रृया कार्यक्रममा बारा तथा पर्साका प्रतिनिधी सभाका सदस्यहरु,प्रदेससभाका सदस्यहरु,स्थानिय तहका प्रमुख उपप्रमुख,राजनैतिक दलका जिल्ला तहका प्रमुखहरु,आयोजनाका प्रमुखलाई अमन्त्रण गरीने मनोज पौडेलले जानकारी दिनु भएको थियो । अन्तराष्ट्रिय बिमानस्थल निजगढका सम्बन्धमा यही मंसिर २९ गते सर्वोच्व अदालतमा हुने भनिएको सुनुवाई पौष ६ गतेका लागि सरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here