धिरेन्द्र तिवारी
कलैया,कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा महिलाहरुको लागि ३० दिने ब्यटिसियन तालिमको मंगलवार उद्घाटन भएको छ ।तालिमको प्रमुख कार्यक्रमका प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले मैनबत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।प्रमुख अतिथि नगर प्रमुख साहले ३० दिने ब्युटिसियन तालिममा सहभागी भएका सबैलाई राम्रोसँग सीप सिकेर व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो ।कार्यक्रमका बिशिष्ट अतिथि नेकपा एमाले बारा जिल्ला कमिटी सचिव अध्यानन्द पाण्डेले कार्यक्रमको सहयोगी बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य माननीय महमम्द समिरलाई धन्यवाद दिनुभयो ।बिशिष्ट अतिथि पाण्डेले पनि तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न सहभागीे प्रशिक्षार्थीहरुसंग आग्रह गर्नुभएको थियो ।कार्यक्रममा कलैया उपमहानगरपालिकाका पूर्ववडा अध्यक्ष डाक्टर अकतर, युवा संघ कलैया नगर सचिव जाबेद आन्सारी, बिक्की साह तेली, जलन्धर यादव, लुकमान अन्सारी, युवा तथा महिला विकास केन्द्र बाराका सचिव सन्तोष महतो, कोषाअध्यक्ष चान्दनीकुमारी पाण्डेलगायतको उपस्थिति रहेको थियो । तालिममा सहभागी हुने प्रशिक्षार्थीहरुलाई प्रीया ठाकुरले प्रशिक्षण दिनुहुनेछ ।उक्त तालिमको सहयोगी मधेस प्रदेश पूर्वाधार कार्यालय वीरगन्ज पर्सा तथा बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य महमम्द समिरको संसदीय विकास कोषबाट रहेको छ । तालिमको आयोजना युवा तथा महिला विकास केन्द्र बाराले गरेको छ । उद्घाटन सामरोहको संचालन रुस्तम आन्सारी स्वागत मन्तव्य धिरेन्द्र तिवारीले गर्नुभएको थियो ।















