नरेश गुप्ता

बरियारपुर,दाइजो लिएको आरोपमा पक्राउ परेका एकजनालाई तिन लाख धरौटी बुझाउन नसक्दा जिल्ला अदालत रौतहटले जेल चलान गरेको छ ।

विवाहमा ३० लाख भारतीय रकम लिएको र दाइजो बापत कारसमेत मागेको भनी जिल्ला अदालत रौतहमा परेको मुद्दामा दुबै पक्षका कानुन व्यावसायीहरुको बहस पैरवीपछि इजलास नम्बर ६ का न्यायाधीशले आरोपित चार जनामध्ये रेणु गुप्तासंग ३ लाख धरौटी माग गरेको र सो धरौटी रकम तिर्न नसक्दा उनलाई जेल चलान गर्ने आदेश दिनुभएको हो ।

भारत बिहार सिउहर जिल्ला पिपरा थाना बसहिया गाउँ निवासी २४ बर्षिय प्रीयादर्षनी गुप्ताको २०७७ मंसिर १० गते रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ निवासी जयलाल साहका कान्छा छोरा रोशनकुमार गुप्तासंग समाजिक परम्परा अनुसार विवाहा भएको थियो ।

विवाहाको क्रममा केटा पक्षले ३० लाख भारतीय रुपैया नगद लिएको र विवाहपछि दुलहीलाई घर भित्र्याएको २२ दिन पनि बित्न नपाउदै दाइजोमा थप एउटा कारसमेत माग्न थालेपछि प्रहरी कार्यालय हुदै घटना अदालतसम्म पुगको थियोे । कार दाइजो नदिए घर निकाला गरिदिने भन्दै सासु, ससुरो, श्रीमान र नन्दहरु मिलेर प्रीयादर्षनीलाई यातना दिदै आएका थिए ।

परिवारका सदस्यहरुबाट शारीरिक र मानसिक यातना खप्दै आएकी प्रीयादर्शनीको प्रहरीले उद्धार गरेको थियोे । यसैक्रममा श्रीमान रौशनले पर्सा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेका थिए । त्यसपछि प्रीयादर्शनीले पनि मानोचामल र घरेलु हिंसामा उच्च अदालत वीरगन्ज, जनकपुर, जिल्ला अदालत पर्सा र रौतहटमा समेत गरी १८ वटा मुद्दा दर्ता गराउनुभएको थियो ।

विवाहमा दाइजो लेनदेन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय रौतहटले नेपालमा पहिलो पटक मुद्दा दर्ता गरि अनुसन्धानको क्रममा प्रीयादर्शनीकी नन्द रेणु गुप्तालाई वीरगन्जको नगवा टोलबाट पक्राउ गरि रौतहट जिल्ला अदालतमा पेश गरेको थियोे ।

विवाहमा दाइजो लेनदेन गरेको आरोप लागेका अन्य चार जनाहरु अझै फरार रहेकोले निजहरुको नाउमा पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत रौतहटका रजिष्ट्रार सुशीलकुमार यादवले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here