दिपेन्द्र जयसवाल,बारा

गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिकामा आर्थिक वर्ष २०७९÷०८० को दोस्रो गाउँ सभाको दोस्रो अधिवेशन (हिउँदे गाउँसभा) बुधवार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा भएको सो हिउँदे गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी राय, प्रमुख प्रशासकीय अधिकृत कमलेशकुमार मिश्र, सूचना प्रविधि अधिकृत धुरेन्द्र ठाकुर, स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश चौधरी, जिन्सी शाखा प्रमुख महेशकुमार ठाकुर, कार्यपालिका सदस्य सुरेश राम, रेणु देवी कलवार, वडा नं.१ का वडा अध्यक्ष सुरेशप्रसाद चौधरी, वडा नं. २ का वडा अध्यक्ष जोगिन्द्र साह कलवार, वडा नं. ३ को वडा अध्यक्ष उमेशप्रसाद साह, वडा नं.४ को वडा अध्यक्ष पन्नालाल साह, वडा नं.५ का वडा अध्यक्ष मनेजर चौधरी, ६ को वडा अध्यक्ष निरजकुमार साह लगायत गाउँपालिकामा कार्यरत कर्मचारीहरुको पनि सहभागिता रहेकोे थियो ।

Leave a Reply