निजगढ,महिलालाई जिस्काएको आरोपमा सिके राउत नेतृत्व जनमत पार्टीका एक कार्याकर्ता हिजो पक्राउ परेका छन । पक्राउ पर्नेमा बाराको महागढी नगरपालिका– ४ दहियार बस्ने ४० वर्षीय कार्तिक देव पाण्डे रहेको प्रहरी चौकी गन्जभवानीपुरले जानकारी दिएको छ । हिजो साझ गंजभवानीपुर स्थित पसहा नदिमा महिलाहरूलाई रोकेर अभद्र व्यबहार गरेको आरोपमा स्थानीयहरुले पाण्डेलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । जनमत पार्टीका ८÷९ जना कर्याकर्ताले पसहा नदीमा महिलाहरुलाई अभद्र व्यबहार गरिरहेको खबर प्राप्त भएपछि तत्काल पुगेको प्रहरी टोलीले पाण्डेलाई नियन्त्रण लिएको छ हो भने अन्य फरार भएका थिए । आरोपितहरुको खोजी भैरहेको प्रहरीले जनाइएको छ । महिलालाई अभद्र व्यबहार गरेको आरोपमा पक्राउ परेको पाण्डेलाई जिल्ला प्रहरी कार्यालय कलैया पठाइएको छ ।



















