मनोज शाह
जीतपुर,बारा जिल्लाको महागढीमाई नगरपालिकाको गन्जभवानीपुरबाट सदरमुकाम कलैयासम्म पुग्ने मुख्य सडक जीर्ण बनेपछि मर्मत सम्हारको माग गर्दै स्थानीय आन्दोलित बनेका छन । सडकको दुरावस्थाकाका कारण सवारी र ढुवानीका साधन संचालनमा समस्या भएपछि स्थानीयले आज सडक नै अवरुद्ध पारेर विरोध जनाएका छन ।

जीर्ण सडकका कारण दुर्घटना जोखिम बढेको र सर्वसाधारण यात्रुहरुले सास्ति बेहोर्दैआएको उनीहरुको भनाई छन । सडकमा बनेका खाल्डाखुल्डी र हिलो–धुलोका कारण सडकको अवस्था बिग्रिएको हो ।सडक मर्मतको लागि आफूहरुले गर्दैआएको माग लामो समयदेखि बेवास्ता गरिएकापछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिएको स्थानीय राम साहले बताउनुभयो । उहाँका अनुसार “सडकमा बनेका खाल्डाखुल्डीका कारण चालकहरुलाई सवारी चलाउन समस्या र सर्वसाधारणको यात्रामा समेत जोखिम उत्पन्न भएको छ ।स्थानीयहरूले तत्काल सडक मर्मत गर्न नगरपालिका कार्यालयको सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका छन् ।

Leave a Reply