बिदुर खडका
डुमरवाना,नेकपा एमाले विभाजनको असर बाराका महिला सहकारीकर्मीहरुमा समेत देखिएको छ ।
बारामा जिल्ला स्तरीय महिला सहकारी संञ्जाल गठन गरिएपछि पार्टी विभाजनको असर बाहिर देखिएको हो । सहकारीकर्मीहरुलाई जानकारी नै नदिइ संजाल गठन भएपछि एमाले निकट महिला सहकारीकर्मीहरुमा असन्तुष्टि बढेको हो । संञ्जाल गठनप्रति जिल्लाका अधिकांश सहकारीकर्मीहरुले असमति पनि जनाएका छन । जिल्ला स्तरीय महिला सहकारी संञ्जाल गठनमा भेदभाव गरिएको र सरोकारवाला अन्य पक्षसंग पर्याप्त सरसल्लाहा नगरिएको गुनासो पनि बढेको ।
संजाल गठनको जिम्मेवारी सिमरा कृषि सहकारीकी अध्यक्ष कमला रिमालले लिनु भएको जनाइएको छ । तर जीतपुर सिमरा सहकारी विभागकी प्रमुख दुर्गा न्यौपानेले भने आफूहरुलाई संजाल गठन गर्ने बारेमा कसैले खबर नगरेको भन्दै अनभिज्ञता प्रकट गर्नु भएको छ । तर संञ्जालको जिल्ला संयोज ककमला अधिकारीले भने प्रदेसश सहकारी विभाग र जिल्लाका विभिन्न संघसंघठनहरुसंगको सहमति र समन्वयमा संञ्जाल गठन गरेको र छुटेका साथीहरुलाई आगामी बैठकबाट समेटेर लैजाने बताउनुभयो ।
विगतमा पनि विभेदपूर्ण तरिकाले सहकारी संञ्जाल गठन गरिएको र अहिले पनि एकले अर्कोलाई निषेध र प्रतिशोधको भावनाले संजाल गठन गरिएको हुन सक्ने बचत तथा ऋण सहकारी संघ बारा जिल्ला सचिव राजु अदिकारीको प्रतिकृया छ ।
बचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष सतेन्द्र ठाकुरले संजाल गठनप्रति असहमति जनाउनुभएको छ ।
संजाल गठन प्रकृयामा सहभागी रहे पनि कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल साहनीले भने सबै महिला सहकारीकर्मीहरुलाई समेटनु पर्ने बताउनुभयो ।