नरेश गुप्ता
बरियारपुर – भारतबाट अबैध रुपमा तस्करी गरि नेपाल ल्याईरहेको भारतीय प्याज , प्लास्टिकको कुर्सी , खानेतेल सहित सवारीसाधन प्रहरीले नियन्त्रणमा लिइएको छ । सिम्राैनगढ नगरपालिका ९ बासबरिया स्थित बेवारिसे अवस्थामा २१ किवन्टल भारतीय प्याज , प्लास्टिकको कुर्सी ४८ थान , खाने तेल १३५ लिटर सहित ८ वटा मोटरसाइकल र ४ वटा साईकल प्रहरीले बरामद गरेको बाराको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।
बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका टोलिले अबैध रुपमा ल्याउदै गरिएकोमा अवस्थामा मालसामान पक्राउ गरिएको थियो । होलि पर्व नजिकदै जांदा राजश्व छली गरि भारतिय मालसामानहरुको तस्करी खुल्याम भैइरहेकोले नेपाल प्रहरी , सशस्त्र प्रहरीको निगरानी सिमानाकामा बढाईएको छ । बरामद गरिएको भारतीय मालसामान आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यलयमा बुझाईएको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनु भयो ।