कलैया,अढाई वर्षअघि बाराको पचरौतामा भएको भारतीय युवक अजितकुमार सिंहको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका भारतीय नागरिक रञ्जित मुखियालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।बारा जिल्ला अदालतले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न कारागार पठाउने आदेश दिएको बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले शुक्रवार मुखियालाई अदालतमा पेश गरेको थियो । भारत मोतिहारी थाना दरपा ग्राम पञ्चायत तीनकोनीका ३० वर्षीय मुखिया जेठ २० गते पक्राउ परेका थिए ।उनलाई पचरौता नगरपालिका ६ पकडियास्थित लक्ष्मिनिया पोखरी नजिकबाट ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार २०८० असोज ९ गते भएको उक्त हत्या प्रकरणमा मुखियाले व्यवस्थापनको भूमिका खेलेका थिए ।अनुसन्धानका क्रममा यो हत्याकाण्ड प्रेम सम्बन्धको उपज भएको खुलेको थियो । मृतक २२ वर्षीय अजितकुमार सिंहकी पत्नी सोनम सहनी सिंह र सुजितकुमार सिंहबीच प्रेम सम्बन्ध रहेको र उनीहरूले नै अजितको हत्या गर्ने योजना बुनेको प्रहरीको भनाई छ ।

Leave a Reply