कलैया,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा स्थानीय सकारको विरुद्धमा स्थानीयले आन्दोलन गरेका छन् । विगत ३ दिनदेखिको निरन्तर बर्षाका कारण वडा नम्बर ४ का १ सय जनाको घर डुबानमा पर्नुको कारण स्थानीय सरकारको लापरवाही भएको भन्दै स्थानीय डा. सुशिल साहको नेतृत्वमा त्यँहाका सर्वसाधारणले विरोध जनाएका हुन् । सो क्षेत्रमा रहेको सडकअन्र्तगत जानकी सिनेमा हलदेखि मालपोत कार्यालयसम्मको लगभग २ सय मिटर सडकमा पिच नबन्दा ति घरहरु डुबानमा परेको आन्दोलनका नेतृत्वकर्ता डा. साहको भनाइ छ । शहरी विकास मन्त्रालयले अनुमति नदिँदा बन्न नसकेको सडक मर्मतका लागि स्थानीय सरकार र स्थानीय प्रशासनले दवाव दिनुपर्नेमा मुकदर्शक बनेर बसेको साहको आरोप छ । आन्दोलनमा स्थानीय सन्तोष साह, जमान अन्सारी, रामेश्वर यादव लगायतले वडा कार्यालय र वडाअध्यक्षको विरुद्धमा विभिन्न नारावाजी गरेका थिए ।

यता वडा नम्बर ४ का वडा अध्यक्ष जटाशंकर सहनीले उत्तरतर्फबाट अन्य वडाको पानी बगेर वडा नम्बर ४ मा आउने हुँदा डुबान भएको स्वीकार गर्नुभयो । स्थानीयले विरोध गर्नु उचित भएपनि विरोधबाट समस्याको समाधान नहुने सहनीको भनाइ छ । स्थानीयले उठाएका मागप्रति आफु सकारात्मक रहेको र आफुले विगतदेखि नै पहल गर्दा पनि सफल हुन नसकेको वडा अध्यक्ष सहनीले बताउनुभयो । सहनीका अनुसार नाला निमार्णका लागि उपमहानगरपालिकाका नगरप्रमुख, बाराका प्रमुख जिल्ला अधिकारी, प्रदेश सभा सदस्य, प्रदेशदेखि संघीय सरकारका मन्त्रीहरुको आश्वासन पाएपनि अहिलेसम्म बन्न नसकेको उहाँले बताउनुभयो ।

 

सडक निर्माणको लागि वडा कार्यालयबाट पत्र लेखेर शहरी विकास मन्त्रालयमा पठाएको भएपनि कार्यालयले मन्त्रालयमा पठाउने र मन्त्रालयमा प्रभु साह मन्त्री हुँदा नाला र सडक निर्माण गर्ने आश्वासन पाएपनि अहिले मन्त्रीबाट हटेपछि सडक निर्माण अलपत्र परेको सहनीले बताउनुभयो ।

Leave a Reply