कलैया,उपराष्ट्रपती रामसहायप्रसाद यादवले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।कलैयामा निर्माण भएको प्रादेशिक अस्पतालको ब्लड बैंक भवन बुधवार उद्घाटन गर्दै उहाँले स्वास्थ्य सेवा मौलिक हक भएकाले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रवाहमा कुनै कमजोरी नगर्न चिकित्सकहरूलाई निर्देशन दिनुभयो ।
ब्लड बैंकले यस क्षेत्रको बिरामीहरूलाई समयमा रगत उपलब्ध गराई जीवन बचाउनमा ठूलो सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गर्नुभयो । “स्वास्थ्य, स्वस्थ्कर वातावरण स्वस्थ जीवनको आधार हो,” उहाँले भन्नुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गरी मुलकमा स्थायी शान्ति, सुशासन कायम गर्न र विकास एवम् समृद्धिका लागि सबै नेपालीहरू एक जुट हुनुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

उपराष्ट्रपती यादवले कलैया उपमहानगरपालिका अन्तर्गत प्रादेशिक अस्पताल परिसरमा नवनिर्मित ‘कलैया ब्लड बैंक’ को रिबन काटेर ब्लड बैंकको उद्घाटन गर्नुभएको थिायो ।छाया नेपालको सहयोग तथा कलैया उपमहानगरपालिका र कलैया प्रादेशिक अस्पतालको संयुक्त पहलमा सो ब्लड बैंक भवन निर्माण गरिएको हो ।कार्यक्रममा मधेस –प्रदेश सरकारका स्वास्थ्यमन्त्री शत्रुधन महतो, संविधानसभा सदस्य प्रमोद गुप्ता, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, छाया परियोजनाका कार्यकारी निर्देशक कमल थापालगायतले आफनो विचार व्यक्त गर्नुभएको थियो ।रु एक करोड १० लाखमा एक हजार बढी ब्लडको पोका अट्ने सो भवनको निर्माण छाया नेपाल नामक संस्थाको ८० प्रतिशत र अस्पतालको २० प्रतिशत लगानीमा निर्माण गरिएको हो ।

उपराष्ट्रपति यादवले एक पाउण्ड रक्तदानसमेत गर्नुभएको थियो । सो अवसरमा संविधानसभाका सदस्य प्रमोद गुप्ताले पनि रक्तदान गर्नुभयो ।प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अजय गुप्ताले ब्लड बैंकमा अत्याधुनिक उपकरणहरू जडान गरिएको र दक्ष जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो ।

Leave a Reply