निजगढ,घरेलु तथा सना उद्योग कार्यालय, बाराको आयोजनामा सोमवार निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा बजार विस्तार र व्यवस्थापनबारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।घरेलु तथा सना उद्योग कार्यालय, बाराका प्रमुख उद्योग अधिकृत देवेन्द्रकुमार झाको अध्यक्षतामा भएको अन्तक्रियाका सहभागी स्थानीय व्यापारीहरूलाई बजार व्यवस्थापनमा नगरपालिकाको भूमिका, व्यापारी, उपभोक्ता अधिकार र कर्तव्यलगायत विभिन्न प्रकारका कर एंव घरेलु उद्योगधन्धाका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा उद्योगी व्यवसायीले बजारसँग सम्बन्धित विषय र यसको विस्तारका लागि ध्यान दिनुपर्ने विषयमा छलफल भएको थियो ।निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पूर्वअध्यक्ष ज्ञानेन्द्रप्रसाद चौलगाई, टेकबहादुर लामालगायतले उद्योगी व्यवसायीहरुले आफ्नो स्थानीय तथा बाह्य बजार सम्बन्धि पूर्णजानकारी राख्नुपर्ने, ग्राहकको पहिचान, ग्राहकमैत्री वातावरण निर्माण गर्ने जस्ता विषयमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए ।

त्यसैगरी घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत सुरेन्द्र चौधरीले कार्यक्रमको महत्व र उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने उपभोक्ता हकहित संरक्षण मञ्चका अरुण खनालले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सिमराका कर अधिकृत तथा सूचना अधिकारी बसन्त नेपाल, निजगढ उद्योग वाणिज्य संघका पदाधिकारी तथा स्थानीय उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply