दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको कोल्हबी नगरपालिका वडा नम्बर ४ स्थित अटुट वचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा सम्पन भएको छ ।संस्थाको अध्यक्ष बिशुनदयाल प्रसाद चौधरीको अध्यक्षतामा सम्पन भएको सो वार्षिक साधरण सभामा प्रमुख अतिथिको रुपमा संस्थाको जेष्ट सल्लाहकार सदस्य बिरेन्द्रराज अधिकारीले मैनबती बालेर उद्धाटन गर्नुभएको थियो ।
साधरण सभामा संस्थाको वार्षिक प्रतिवेदन संस्थाको अध्यक्ष चौधरीले र आर्थिक वर्ष ८२÷८३ को लेखा परीक्षण प्रतिवेदन संस्थाको लेखा संयोजक मुनिकान्त चौधरीले पेस गर्नुभएको थियो । सभामा बोधराज सुबेदी, शिक्षक बिरेन्द्र चैधरी, उमेश चौधरी, तेजप्रताप चौधरी, कृष्ण चौधरीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।साधरण सभामा उत्कृष्ट ऋणी, वचतकर्ता र बाल वचतकर्ताहरुलाई दोसल्ला र गम्छा ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा संस्थाको संंञ्चालक समितिका सदस्यहरु, शेयरधनीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि र संञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संञ्चालन संस्थाको सचिव हितेन्द्रप्रसाद चौधरीले गर्नुभएको थियो ।

















