राजकुमार यादव

मौलापुर,निर्माण व्यवसायी संघ रौतहटको अध्यक्ष पदमा कृष्णदेव यादव विजयी हुनुभएको छ । नयाँ नेतृत्व चयनको लागि सोमवार भएको मतदानको मतगणाको परिणाम अनुसार व्यवसायी संघको अध्यक्षमा यादव विजयी हुनुभएको हो । यादव १६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दीमा धिरेन्द्र सिंहको पक्षमा १४८ मत परेको छ । यादवले १२ मतको झिनो अन्तरबाट सिंहलाई पराजित गर्दै ७ औं साधारण सभापछि भएको निर्वाचनमा उहाँ विजय हुनुभएको छ ।

यसैगरी सिंह प्यानलका वरिष्ठ उपाध्यक्षमा उपेन्द्रकुमार यादव, उपाध्यक्षमा उपेन्द्र यादव, महासचिवमा श्रीकान्त यादव, सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल (पालु), सहकोषाध्यक्षमा विरेन्द्र चौधरी निर्वाचत हुनुभएको छ ।

यसैगरी १ नम्वर क्षेत्रीय उपाध्यक्षमा पवन किशोर साह, २ मा प्रमोद महतो कोइरी, ३ नम्वरमा प्रह्लाद साह र ४ मा वशिष्टराय यादव निर्वाचित भएको जनाइएको छ । सदस्यहरुमा विरेन्द्र प्रसाद, नितेश यादव, सविन्दनारायण साह, प्रमोदकुमार यादव, सरोजकुमार यादव, विवेक सिंह, सुनरजित कुमार गिरी, मुरलीधर यादव र मोहम्मद मनिर शेख निर्वाचित भएको निर्माण व्यवसायी संघ रौतहटले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष प्यानलबाट अध्यक्षसहित ६ जना निर्वाचित भएका छन् भने अध्यक्षमा पराजित सिंह प्यानलबाट सबै पदाधिकारीसहित कार्यसमितिको १४ पदका उम्मेदवारहरु निर्वाचित भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here