चितवन,नेपाल फोटो पत्रकार महासंघ बाराका अध्यक्ष दिवाकर भण्डारी चितवनको सौराहमा बिहीवार सम्मानित हुुनुभएको छ ।

फोटो पत्रकार महासंघको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा पत्रकार भण्डारीलाई सम्मानित गरिएको हो । बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल र महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आलेले भण्डारीलाई सम्मान गर्नुभएको हो । फोटो पत्रकार महासंघको स्थापनाकालदेखि नेतृत्वदायी भुमिकामा रहि महासंघलाई स्थापित गराउन अहम भुमिका निर्वाह गरेको भन्दै भण्डारीलाई सम्मान गरिएको हो । नेपाल फोटो पत्रकार महासंघका मधेस प्रदेश महासचिव समेत रहेका भण्डारी अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको बारा संवाददाता, सिमराबाट संचालित इशिलालेख डट कमका संचालक र प्रेस चौतारी नेपाल बाराका अध्यक्ष समेत हुनुुहुन्छ ।
यसैबीच चितवनको सौराहामा जारी नेपाल फोटो पत्रकार महासंघको केन्द्रीय सचिवमा रौतहटका प्रभात कुमार झा निर्विरोध निर्वाचित हुनुभएको छ ।
हरि रेग्मीको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिमा राजनीतिक क्षेत्र रौतहटबा झा सचिवमा निर्विरोध निर्वाचित हुँदा औद्योगिक एवम् आर्थिक क्षेत्र पर्साबाट बिजय चौहान केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको केन्द्रीय सदस्य सञ्जय कार्कीले जानकारी दिनुभयो ।
यसअघि नेपाल फोटो पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष हुँदै मधेश प्रदेशका उपाध्यक्षसमेत भइसकेका झा केन्द्रीय सचिवमा निर्वाचित हुँदा पर्सा शाखाका निवर्तमान अध्यक्ष चौहान सदस्यमा निर्वाचित हुनु्भएको छ ।
















