निजगढ,नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य यामकुमारी सापकोटाले पार्टी परित्याग गर्नुभएको छ ।रास्वपाले निजगढ ४ को वडा समिति गठन गर्न दिएको जिम्मेवारीबाट हटाएपछि सापकोटाले एमालेमा लिखित रुपमा राजिनामा नदिएको बताउनुभएको थियो । तर उहाँले सार्वजनिक गरेको रास्वपा पार्टी सदस्य कार्डमा भने ३ महिनाअघि नै सदस्यता लिएको देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाराले वडा तदर्थ समिति गठन गर्र्न प्रतिनिधि बनाएकोमा स्थानीय कार्यकर्ताहरुको चर्को विरोधका कारण बारा जिल्ला संगठन निर्माण समितिकी संयोजक कामिनी चौधरीले जिम्मेवारी फिर्ता लिएर सबिना बिष्टलाई प्रतिनिधि तोक्नुभएको थियो ।जिम्मेवारी फिर्ता लिएको भोलिपल्ट सापकोटाले फेसबुकमार्फत आफूले एमालेमा लिखित राजीनामा नबुझाएको र रास्वपाको जिम्मेवारी लिने विषयमा समेत निजगढ समितिसंग कुनै छलफल नभएको बताउनुभएको थियो ।एमाले बारा जिल्ला कमिटी सदस्य समेत रहनुभएकी सापकोटा समाजसेवामा पनि सक्रिय हुदैआउनुभएको छ ।

















