राजन कुमार बानिया
पोखरिया – लकडाउनको समयमा पनि लागू औषध गाँजा र चरसको तस्करी भने रोकिएका छैनन् । भारतको सिमावर्ती क्षेत्रमा रहेको एसएसबी ईनार्वाका जवानहरुले झझरी नकरदेही गाउँबाट लागू औषधी गाँजा बराम्द गरेका छन् ।
तस्करहरु नेपालको ठोरी गाउँपालिकाको बिजयबस्तीबाट लागू औषध गाँजा लिएर आई रहेको गोप्य सुचनाको अधारमा भारतिय एसएसबी ईनार्वाको कमाण्डर राजकुमारको नेतृत्वमा रहेको टोलीले सिमा नाकामा गस्ती बढाएपछी पाचको संख्यामा रहेको तस्करका समुहले एसएसबीको जवानहरुलाई देखेर गाँजा फाली फरार भएको थियो ।
एसएसबीले घटना स्थलबाट प्याकेटमा रहेको गाँजा १५ किलोग्राम रहेको थियो । एसएसबीले बरामद गरेको गाँजा ईनार्वा थानालाई बुझाएको ईनार्वा थाना प्रभारी अजय कुमार सिंहले जनाएका छन् । बिश्वब्यापी महामारीको रुपमा फैली रहेको कोरोना भाईरसको समयमा बच्न सरकार गरेको लकडाउनको समयमा समेत गाँजा तस्करहरु सक्रिय भएका छन् । लकडाउनमा अहिले गाँजा र चरसको तस्करी व्यापक रुपमा भईरहेकोले प्रहरी प्रसासन मौन देखिएको छ ।