बसन्त लामा

सिगौल,निजगढ नगरपालि वडा नम्बर १ बनस्थली हाट बजारमा जडान गरिएको सोलार बत्ती बिग्रिएको महिनौं बितिसक्दा पनि मर्मत हुन सकेको छैन । मर्मत सम्भारको अभावमा लाखौं खर्च गरेर जडान गरिएको बत्ती प्रयोग बिहिन अबस्थामा पगेकोछ ।वडा नम्बर १ कार्यालयले केहि वर्ष अघि हाट बजारमा जडान गरेको २ वटा सोलार बत्ती बिग्रिएको हो । सिंगौलकै वडा नम्बर १ को वडा कार्यालयमा रहेको अर्को बत्ती पनि बिग्रिएर प्रयोगमा आएको छैन ।बजार क्षेत्रमा जडान गरिएको बत्ती बल्न छोडेपछि स्थानीयहरु अध्यारोमा बस्न बाध्य भएका छन । हाट बजारमा रहेको सार्वजनिक चौतारोमा साँझ बिहानीमा स्थानीयले बसेर बसिबियालो गर्ने गरेका थिए । बत्ती नभएपछि बसिबियालो गर्न समस्या परेको एक स्थानीयले बताएका छन । उनले गाउँमा विद्युत प्रधिकरणमार्फत जडान गरिएको बिजुली काटिएको बेला सोलारबाट बत्तीबाट बजार आसपासका स्थानीयले पनि सुविधा लिदैआएको थिए ।सोलार बत्ती मर्मत गर्न पटक पटक सम्बन्धित निकायमा आग्रह गर्दा समेत चासो नदेखाइएको स्थानीय गोपिलाल लामाले गुनासो गर्नुभएको छ ।त्यस्तै वडा नम्बर २ को वडा कार्यालयको गेट नजिकै जडान गरिएको अर्को सोलर बत्ती पनि लामो समयदेखि बिग्रिएको अवस्थामा छ । सोलार बत्ती मर्मत नहुँदा रातिको समयमा वडा कार्यालय अगाडिको सडकमा हिडडुल गर्न असहज भएको स्थानीयले गुनासो गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here