काठमाण्डौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ ।उहाँले अपिल जारी गर्दै धरानमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, धार्मिक संघसंस्था तथा समुदायका व्यक्ति एउटै ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।उहाँले धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुग्न सक्ने विषयप्रति गम्भीर चिन्ता समेत व्यक्त गर्नुभएको छ ।अपिलमा उहाँले सद्भाव भड्काउने गतिविधि कसैको हितमा नहुने उल्लेख गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here