सिम्रौनगढ,सिम्रौनगढ नगरपालिकाका नगर परिषदको बैठकको निणय भन्दै तयार पारिएको माइन्युटमा कार्यपालिकाका केही सदस्यहरुलाई ललाइफकाइ प्रलोभनमा पारी हस्ताक्षर गराउन खोजेको भन्ने विवादमा भएको झडपमा ३ जना घाइते भएका छन । स्थानीय केही व्यक्तिहरुको कुटाइबाट एकजना महिलासहित ३ जना घाइते भएको वडा नम्बर १ का वडा अध्यक्ष दिनदेयाल मुखियाले जानकारी गराउनुभएको छ ।झडपमा स्थानीयको कुटपिटबाट नगर प्रमुख किशोरीप्रसाद साह कलवारका स्वकीय सचिव सुभासप्रसाद, उनका बुबा मुक्ति महतो कोइरी, आमा सुरजपती देबी र वडा नम्बर ३ का स्थानीय गौरीशंकर यादव सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयय बाराले पनि जनाएको छ । घाइतेहरुको उपचार कलैयास्थित प्रदेशिक अस्पतालमा भएको प्रहरीले जनाएको छ ।यता, आफू गौरीशंकर यादव घरमै बसेर छोरीको विवाहको बारेमा छलफल गरिरहेको बेला जयन्त कुशवाहा, वडा नम्बर ३ का वडा अध्यक्ष अयजुललाह अंसारी, वडा नम्बर ४ का वडा अध्यक्ष अवधेश सहनी लगायतको समुह आएर नगर परिषदको माइनुटमा हस्ताक्षर गराएको भन्दै आफुहरुलाई कुटपिट गरि घाइते बनाएको मेयर साहका स्वकीय सचिव सुभासले बताउनुभएको छ ।सिम्रौनगढमा कार्यपालिकका बहुमत सदस्य र नगरपालिकाका प्रमुख साहबीच देखापरेको विवद जटिल बन्दै आएको छ ।नगर परिषद, अघिल्लो कार्यकालको आम्दानी खर्च, बकयौता रकम, करार सेवामा भर्ना गरिएका कर्मचारीको म्याद थप र तलब भुक्तानी लगायतका विषयमा देखिएको विवाद समाधान नहुँदा सिम्रौनगढ पालिकाभित्र उत्पन्न विवाद जटिल बन्दै गएको हो ।



















