पुष्पराज खतिवडा
मन्हर्वा – हुलाकी सडक आयोजना अन्तरगत गत असारमा निर्माण सम्पन्न भएको मानमत मटिअर्वा सडक ठाउंठाउंमा भत्कीन थालेको छ । ४५ करोड बढीको लागतमा निर्माण सम्पन्न २७ किलो मिटर सडक खण्डको पिच बर्षदिन नपुग्दै विभिन्न स्थानमा भत्कीन थालेको हो ।

 

 

 

भारत सरकारको आर्थीक तथा प्राविधिक सहयोगमा नेपाली निर्माण कम्पनीले २७ किलो मिटर सडकलाई दुईभागमा विभाजन गरी गत असारमा निर्माण सम्पन्न गरेको थियो । मकवानपुर जिल्लाको हेटौंडा स्थीत रहेको आशिष एण्ड डि.एस.जेभीले तीनबर्ष लगाएर सडक निर्माण गरेको हो ।

 

 

 

 

निर्माण कम्पनीले लापरवाहीपूर्ण काम गरेका कारण सडक बर्षदिन नपुग्दै चिराचिरा परेको स्थानिय बासीले आरोप लगाएका छन् । सडक निर्माणमा प्राविधिक सहयोग गर्ने भारतीय प्राविधिक टोलीले समेत सडक निर्माणमा हेलचेक्रयांई गरेको नतिजा छोटो अवधिमै देखा परेको उनीहरुको भनाई छ ।

 

 

 

११ मिटर चौडा सडकको ७ मिटर कालोपत्र गरिएको छ । कालोपत्र गरिएको सडक दर्जनौं स्थानमा चिरा परेका छन् । कतिपय स्थानमा भासिएको छ । पिच गर्ने बेला प्रयाप्त मात्रामा थिच्ने काम नभएकाले भत्कीने समस्या आएको हुन सक्ने प्राविधिकहरुले बताएका छन् । अनुगमनपछी मात्रै केही थप वास्तविकता भन्न सकिने हुलाकी सडक आयोजना निर्देशनालयको विरगजं स्थीत कार्यालयका ईन्जीनियर रंजीत रायले बताए ।

 

 

 

 

 

यता निर्माण कम्पनी आशिष एण्ड डि.एस.जेभीका संचालक ध्रुब कार्कीले समस्या देखीएका स्थानमा मर्मत गरिने बताए । निर्माणपछीको दुईबर्ष सम्म सडकको मर्मतको जिम्मा आफ्नो भएको उनले बताए । भारतीय प्राविधिक टोली र कन्सटेन्टको निगरानीमा काम गरेका हौं ।

 

 

 

 

समस्या देखिएका स्थानमा मर्मत गर्न तयारछौं कार्कीले भने । कार्कीले मर्मत गर्ने बताए पनी सडक निर्माण सम्पन्न भएपछी सडकको अवस्थाका बारेका मतलभ नगर्ने गरेको उनको कम्पनीमा काम गरेकाहरुले नाम नबताउने शर्तमा एकजनाले बाताए ।

Leave a Reply