नरेश गुप्ता
बरियारपुर,बाराको नितनपुरमा एकजना युवकको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित नदियाटोला बस्ने अक्बर मियाँका १८ वर्षिय छोरा ताजुदिन मियाँको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
गाडीको स्टिकर बेच्ने काम गरिरहेका उनको शव नितनपुरस्थित रिलायन्स् पेट्रोलपम्पको अगाडि विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो ।
मियाँको शव प्रहरीले बरामद गरि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट पोष्टमार्टम गरी मृतकको आफन्तको जिम्मामा लगाइएको छ ।
उता हत्याको अभियोगमा प्रहरीले मृतक ताजुदिन कै छिमेकी २० वर्षिय आलम मियाँलाई पक्राउ गरेको छ । मृतकका परिवारजनले प्रहरीमा दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
किटानी जाहेरीका अनुसार हत्यामा संलग्न थप एक जना फरार छन् । छिमेकी नैं रहेका वर्ष २२ का मोजामिल मियाँ हाल फरार रहेको मृतकका पिता अक्बर मियाँले जानकारी दिनु भएको छ । आफन्तले मृतकको अन्त्येष्टि गरेका छन् । घटनाका बिषयमा अनुसंधान जारी नै रहेको बारा प्रहरीले जनाएको छ ।