बालेन सरकारले बिशेषत :  सुकुम्वासी बस्ती उठाएपछि विरोध र प्रशंसा दुबै भएको देखिन्छ अनि केही स्थानमा सडक चौडाको प्रयास भएको देखिन्छ ।सडक चौडा गर्ने काम पुराना राजनीतिक दलकै पालामा पनि हुनु पर्ने थियो तर हुन सकेन । केही ठाउँमा भएपनि मुख्यगरी पुर्व पश्चिम महेन्द्र राजमार्गको सडक विस्तार हुन सकेको छैन । जसले गर्दा सडक त साँघुरो छदै छ साथमा सवारी दुर्घटनाहरु प्नि अत्याधिक हुने गरेका छन् ।

सडकको अवस्था र चालकका कारण नेपालमा सवारी दुर्घटना हुने गरेका छन् र जसका कारण ठूलो मानवीय क्षति हुने गरेको छ । सडक दुर्घटनामा न्यूनीकरण ल्याउनका लागि नै भएपनि सडक विस्तार आवश्यक छ ।झण्डै चार दशक पुराना सडकहरुमा अहिले सवारी साधनहरु कुदिरहेका छन् । चार दशकअगाडि गाडी कम थिए, सवारी साधनको चाप सडकमा थिए । यात्रुहरु पनि कम नै थिए तर आज हरेकको घरमा कुनै न कुनै सवारी साधन छ, शहरी क्षेत्रमा । त्यसैले अब सडक बिस्तारको विकल्प छैन ।

यस्तोमा सडक विभाग र सरकारले समेत योजना बनाएको देखिन्छ तर भने जसरी फेरि काम त भएको छैन तर हुनु पर्दछ ।बारामा पनि सडक बिस्तार अभियान संचालन गरेको छ । बारामा यो अभियान अति आवश्यक छ । सडकमा घर बनाइएको छ अनि बाटो साँघुरो भयो भनेर फेरि सडक वा सरकारलाई नै गाली गर्ने गरिएको छ । अब बाराको राष्ट्रिय राजमार्गमा जोडिएका सडकहरु कुनै सर्तबिना बिस्तार हुन आवश्यक छ ।बाराको राष्ट्रिय सडकहरुको अवस्था निकै नाजुक छ । त्यसैले अब सडक बिस्तार होस् र बाराका सडकहरु चांडै चौडा हुन आवश्यक छ ।

 

Leave a Reply