सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई सोमवार सहयोगस्वरुप पाँच थान पङ्खा हस्तान्तरण गरिएको छ ।वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ, संगसंगै बचत तथा ऋण सहकारी संस्था र स्थानीय प्रमोद श्रेष्ठले संयुक्तरूपमा पङ्खा हस्तान्तरण गरेका हुन् ।गर्मीको समयमा पठनपाठनलाई सहज बनाउन वडा अध्यक्ष गुरुङले दुई, संगसंगै सहकारीका अध्यक्ष भूवन राईले दुई तथा श्रेष्ठले एक थान पङ्खा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्याण आले र प्रध्यानाध्यापक दीपककुमार कायस्थलाई हस्तान्तरण गरेका थिए ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा शुभारम्भ कलेजका प्रमुख एवम् विद्यालयका पूर्वप्रध्यानाध्यापक शम्भु मण्डल, पूर्वशिक्षक मदन कंसाकार, वडासदस्य राकेश सुब्बालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply