प्रधानमन्त्री केपी शर्मा ओली झण्डै एक सय जनाको टोलीसहित अहिले छिमेकी देश चीनको भ्रमणमा हुनुहुन्छ ।
चीन भ्रमणमा प्रधानमन्त्री जाने परम्परा पनि भनिन्छ तर नेपालमा ६÷६महिनामा फेरिने प्रधानमन्त्रीले गरिरहने छिमेकी देशको भ्रमणको पनि औचित्यको विषयमा छुट्टै बहस होला नै । केपी शर्मा ओलीको छिमेकी देशको भ्रमणमको मुख्य एजेण्डा भने आम नागरिकहरुलाई स्पष्ट पार्नुपर्दथ्यो तर त्यस्तो कतै देखिएको छैन ।

चीनले नेपाललाई सहयोग गरिरहेको भनिएको र गर्ने भनिएको बिआरआइ परियोजनाको विषयमा पनि सरकारले स्पष्ट कुरा बताएको छैन ।सरकारमा रहेका दलहरुकाबीचमा नै यस विषयमा फरक फरक कुरा भएकाले पनि बिआरआइको सहमतिको कुरा केवल गफ र बहस हुने मात्रै देखिन्छ । यसमा चीन पक्षको फरक कुरा छ र बुझाइ पनि फरक छ । त्यो सार्वजनिक पनि भइसकेको छ ।चीन नेपाललाई सबै रकम यो परियोजनामार्फत अनुदानमा दिन चाहदैन ऋण दिने हो तर सरकार भने अनुदानको कुरा गरिरहेको छ । यसमा चीन सकारात्मक भएको जस्तो देखिदैन ।

केवल प्रधानमन्त्रीको हौसियतले राज्यको करोडौं रकम खर्चिएर चीन वा अन्य देश जांदैमा नेपालको प्रगति हुने होइन । बरु यसले त देशलाई घाटा हुन्छ नै । विदेश भ्रमणका जानेक्रममा सरकार आफै अलमलमा परेको खण्डमा त झन् समस्या आउनेछ । अहिले प्रधानमन्त्री केपी ओलीको भ्रमणको विषय यस्तै देखिएको छ । अब व्यवहारमा के हुन्छ त्यसका लागि बुधवारसम्म कुर्नु पर्नेछ ।

Leave a Reply