वीरगञ्ज,मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ ।उहाँ आज साँझ वीरगञ्जबाट पक्राउ पर्नुभएको हो । प्रहरी स्रोतका अनुसार, उहाँलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो ।प्रसाईलाई ‘माथिको आदेश’ भन्दै प्रहरीले पक्राउ गरेको हो । प्रहरी स्रोतले उहाँ पक्राउ परेको पुष्टि गरे पनि कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे जानकारी गराएको छैन ।
राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज आइपुग्नुभएको थियो ।वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनु भएको हो ।सो क्रममा उहाँले विमानस्थलमै सञ्चारकर्मीहरूसँग कुराकानी पनि गर्नुभएको थियो । वर्तमान सरकार र रास्वपा सांसदहरूमाथि उहाँले विभिन्न आलोचनासहितका टिप्पणी सञ्चारकर्मीसँग गर्नुभएको थियो ।


















