रौतहट,रौतहटको चन्द्रपुर नगरपालिकाले कार्यालयले संघीय सरकारले लागु गरेको २ दिन बिदा सम्बन्धि प्रावधान कार्यान्वयन नगर्ने भएको छ ।कार्यालयले आज नगरपालिका अन्तर्गतका कार्यालय र विद्यालयको बिदा सम्बन्धी सूचना जारी गर्दै संघीय सरकारले घोषणा गरेको विदा विपरित शनिवारमात्रै बिदा दिने जनाएको हो ।नगर प्रमुख सञ्जय काफ्लेको हस्ताक्षरमा जारी सूचनाअनुसार नगरपालिका अन्तर्गतका कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालयहरू अब आइतबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछन् ।

यसअघि कायम रहेको बिदा प्रणालीलाई परिवर्तन गर्दै नयाँ तालिका लागु गरिएको नगरपालिकाले जनाएको छ । सूचना अनुसार नगरपालिका कार्यालय, मातहतका स्वास्थ्य, पशु सेवा र कृषि शाखा, वडा कार्यालय तथा अस्पतालहरू आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् भने शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा प्रवाह गरिने उल्लेख छ ।नगर कार्यपालिकाको २०८३ जेठ ४ गतेको निर्णयअनुसार बिदा तथा कार्यालय सञ्चालन समय परिवर्तन गरिएको र आगामी जेठ १० गतेदेखि बिदा सम्बन्धि परिवर्तित व्यवस्था लागु गरिने नगर प्रमुख सञ्जयकुमार काफ्लेले जनाउनुभएको छ ।

Leave a Reply