चितवन,चितवनको भरतपुरमा रहेको नारायणी नदी किनारमा शुक्रवादेखि सुरु भएको एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्रीसहित विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी भएको बताउनुभएको छ ।
यस्तै एमाले महाधिवेशनलाई सफलताको शुभकामना दिँदै नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले नेपालमा कम्युनिस्ट पार्टीको एकता अनिवार्य रहेको बताउनुभयो । उहाँले राष्ट्रिय हित र विकासमा मतभेद हुन नहुने धारणा राख्नुभयो ।
‘कम्युनिस्ट आन्दोलनलाई सफलताको शिखरमा पु¥याउन एकता र ध्रुवीकरण अपरिहार्य छ’, उहाँले भन्नुभयो, ‘विचार र कार्यदिशा एकताको आधारशिला हो । एक्लो यात्राले समृद्धि हासिल गर्न कठिन छ ।’ राष्ट्रिय हितका विषयमा सबै एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो । एकता, सङ्घर्ष र सहकार्य निरन्तर चलिरहने प्रक्रिया हो भन्दै नेता पोखरेलले कम्युनिस्ट पार्टीको बीचमा मतभेद र तिक्तता भए पनि सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधानलाई समावेशी र सङ्घीयतालाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिनुभयो । ओलीले मधेश आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयन गरेको उहाँको भनाइ थियो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्ट पार्टी एकजुटको विकल्प नरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट एकताले मात्र देश र नागरिकको हित हुने धारणा राख्नुभयो । देश र नागरिकका लागि दल एक ढिक्का हुनुको विकल्प नरहेको केसीको भनाइ थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेका अध्यक्ष ओलीले राष्ट्रको हितमा काम गरेर नेपाली नागरिकलाई गुन लगाएको बताउनुभयो । ओलीले लिपुलेक(लिम्पियाधुरासहितको नयाँ नक्सालाई संस्थागत गरेको उहाँको भनाइ थियो ।
चीनसँग व्यापार र पारवहन सम्झौता गर्न सफल भएको अध्यक्ष थापाले बताउनुभयो । उहाँले ओली सरकारले मधेशको पृथकतावादी आन्दोलन र विप्लव समूहलाई शान्तिपूर्ण अभियानमा ल्याएको उल्लेख गर्नुभयो ।
नेकपा एमाले महाधिवेशन सफलताको लागि दलका शीर्ष नेताहरुको शुभकामना
चितवन,
चितवनको भरतपुरमा रहेको नारायणी नदी किनारमा शुक्रवादेखि सुरु भएको एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्रीसहित विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिएका छन् ।