बसन्त लामा
सिगौल,निजगढ नगरपालिकाको वडा नम्बर १ नमुना बस्तीका विपन्न घरपरिवारलाई एक कार्यक्रमबीच घरको छाना छाउने जस्तापाता वितरण गरिएकोछ ।नगर कार्यपालिका लक्षित कोष अन्तर्गत विनियोजित रकमबाट खरिद गरिएको जस्तापाता स्थानीय ८ परिवारको घरघरमै पुगेर मंगलवार एक कार्यक्रमबीच वितरण गरिएको हो ।निजगढ क्रियटिभ डेभलभमेन्ट प्रालिको आयोजना र निजगढ नगरपालिका कार्यपालिकाको सहआयोजनामा वितरण गरिएको हो ।

निजगढ क्रियटिभ स्कील डेभलभमेन्ट प्रालिका निर्देशक विष्णुप्रसाद रिसालको अध्यक्षतामा भएको जस्तापाता वितरण कार्यक्रमको वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चनले उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य फुलमाया लोप्चन, वडा सदस्य कन्तलाल धामी, स्थानीय समाजसेवी संजिव लोप्चन, मोहनबहादुर खडका, निर्मल केसीलगायतले बोल्नुभएको थियो । वक्ताहरुले जस्तापाता वितरणबाट सिंगौल वडा नम्बर १ को विपन्न घरपरिवारलाई ठूलो राहत पुगेको बताएका छन ।

कार्यक्रमा जुनेली माया विक, शम्भुराम कछडिया, बुद्ध लोप्चन, बेदप्रसाद तिमल्सिना, बुद्धिमान घिसिङ, दिलबहादुर घलान, बहादुर सिङ मोक्तान र पत्रकार महेश्वर अधिकारीलगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको संचालन र स्वागत मन्तव्य क्रियटिभ स्कील डेभलभमेन्ट प्रालिका व्यवस्थापक बलराम खडकाले व्यक्त गर्नुभएको थियो ।

Leave a Reply