सडक आफैमा आम नागरिककहरुका लागि नभइ नहुने साधनको रुपमा स्थापित भइसकेको छ । कुनै जमानामा मानिसकहरु हिँडेर एक ठाउँबाट अर्को ठाउँमा पुगे होलान् तर अब त्यो जमाना छैन । अब सडकमा सवारी साधनहरु निर्वाध रुपमा हिड्ने गर्दछन् । सवारी साधनको अत्याधिक चाप हुने सडक मध्य वीरगन्ज पथलैया सडकखण्ड पनि एक हो । यो सडकको अवस्थाका बिषयमा जति कुरा उठाएपनि सडकको अवस्थामा सुधार आउन सकेको छैन ।

 

 

 

दुई दिन अगाडि सामान्य बर्षा भयो जसका कारण सडक पूरै हिलाम्य भयो । सडक हिलाम्य हुँदा यात्रुहरुले मात्रै नभइ स्थानीयहरुले पनि शास्ती झेल्न परेको छ । सडकको अवस्था सुधारका लागि जसले प्रयास गर्नुपर्ने हो त्यो प्रयास सार्थक हुन सकेको छैन । जब बर्षायाम शुरु हुन्छ सडकहरु हिलाम्य हुन्छन् अनि जब हिउँद लाग्छ तब सडक धुलाम्य हुन्छन् ।

 

 

 

धुलोबाट उन्मुक्ति लिनका लागि सडक बिभाग सहितका राज्यका निकायहरुले ध्यान दिन जरुरी छ । जीतपुर क्षेत्रमा मात्रै होइन यो सडककले छोएको हरेक स्थानमा समस्या यस्तै छ । धुलो र हिलोबाट मुक्त सडक बनाउनका लागि बिशेष अभियान संचालन गर्न जरुरी छ । यो अभियान समयमा संचालन नगरिए सँधै सडकको अवस्था नाजुक हुने निश्चित छ ।

Leave a Reply