कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकामा शनिवार राति एउटा घरमा आगलागी भएको छ ।गाउँपालिका वडा नम्बर १ पिपरा टोलका स्थानीय शिवशंकर गिरीको फुसको घरमा राति ९ बजेको समयमा विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट घरमा रहेको अन्नपात लत्ताकपडा गरि पचास हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक राजाराम यादवले जानकारी दिनुभयो ।आगलागी स्थानीयवासी, प्रहरी चौकि महादेवपट्टी ईलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक यादवले दिनुभयो ।