विशेषगरी वीरगञ्ज र कलैयाका नागरिकहरुका लागि समेत खानपिनका लागि चर्चित रहेको बाराको अमलेखगन्जस्थित तीन नम्बर पुल नजिकको बजार अब खानपिन लायक भएन ।
त्रिभुवन राजपथअन्तर्गत पथलैया–हेटौंडा सडकखण्डको तीन नम्बर पुलस्थित बस्तीमा शुक्रबार बिहान डोजर चलाएपछि अब त्यहाँ त्यस्तो बजार थियो र भन्ने कल्पना पनि गर्न नसकिने अवस्थामा पुगेको छ । डिभिजन वन कार्यालय बारा, पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको संयुक्त टोलीले डोजर प्रयोग गरेर बस्ती खाली गराएको हो ।

वन कार्यालयका अनुसार उक्त क्षेत्रमा रहेका ३८ वटा घरटहरा भत्काइएका छन् र अम त्यो ठाउँमा यस्ता पसल र घर थिए र भन्ने पनि बनाइएको छ । त्यो वन कै सम्पत्ति थियो र उसैले फिर्ता लगेको छ । यसमा धेरै आपत्ति जनाउनुपर्ने कुनै कारण छैन । सबैलाई थाहा भएकै कुरा हो, त्यो ठाउँ अतिक्रमणमा नै परेको थियो । पटक–पटक माइकिङ र लिखित सूचनामार्फत जानकारी गराइएको थियो । अटेर गरेपछि बाध्य भएर डोजर चलाउनु परेको कुरा पनि वनले बताइ सकेको छ र घटनाले पनि यस्तै देखाउँछ । यद्यपि स्थानीय व्यवसायीहरूले भने आफूहरूमाथि राज्यले दमन गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार सडक विभागले दुई साताअघि सूचना जारी गरेपछि सडक सीमाभन्दा २५–२५ मिटर टाढा आफैं हटिसकेको अवस्थामा एक्कासि डोजर चलाइएको हो ।

झण्डै पाँच दशकदेखि बसोबास रहेको तीन नम्बर पुल क्षेत्र सवारी चालक र यात्रुहरूको विश्रामस्थलका रूपमा परिचित छ । उक्त क्षेत्रमा होटल व्यवसाय सञ्चालन हुँदै आएका थिए । अब त्यहाँ कोही भूमिहिनको बसोवास थियो भने चैं सरकारले व्यवस्थापन गरोस् नत्र अब त्यो सडक चौडा होस् ।

Leave a Reply