कलैया,उज्यालो नेपाल पार्टीका बारा जिल्लाको जिल्ला संयोजकमा कलैया निवासी सामाजिक अभियन्ता ईन्जिनियर सौरभ चौलागाई नियुक्त हुनुभएको छ ।कुलमान घिसिङ नेतृत्वको उक्त पार्टीको केन्द्रीय निर्णय अनुसार चौलागाईलाई जिल्ला संयोजकमा मनोनित गरिएको हो । उहाँलाई जिल्लामा संगठन विस्तार र जनसरोकारका मुद्दामा नेतृत्वदायी भूमिका र पहलकदमी निर्वाह गर्ने जिम्मेवारी पार्टीले दिएको छ ।

चौलागाईले कलैयामा विगत १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको करिब ३ किलोमिटर सडक निर्माण कार्य शुरु गराउन महत्वपूर्ण पहल गरेको जनाइएको छ । बारा जिल्लामा स्वतन्त्र सोच भएका जेन–जी युवाहरूलाई संगठित गर्दै सामाजिक रूपान्तरण र वैकल्पिक राजनीतिक चेतनाको विकासमा समेत चौलागाईको विशेष भूमिका रहेको बताइएको छ ।

Leave a Reply