कलैया,बारा प्रहरीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा बारा जिल्ला अदालतबाट दोषी ठहर भएका प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कलैया र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएका टोलीले लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरिक्षक डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

सिमरा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा बस्ने ५२ वर्षकी इन्द्रादेवी, वडा नम्बर १० का ४५ वर्षीय बन्तीलाल साह र जिल्ला प्रहरीले कलैया उपमहानगरपालिका– २ निवासी ३९ वर्षका राजेश महतोलाई नियन्त्रणमा लिएको हो ।उनीहरुमाथि लेनदेन बिगो, वन कसूर र चोरी सम्बन्धि मुद्दामा कैद तथा जरिवाना सजाय छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालत बारामा उपस्थित गराइएको प्रहरी बताउँछ ।

Leave a Reply