निजगढ,नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली र त्रिलोकी चौधरीको निजगढ नगरपालिकामा जारी चुनावी घरदैलो कार्यक्रम सोमवार पनि जारी रहेको छ ।

एमाले उम्मेदवार मैनाली र चौधरीले सोमवार निजगढ नगरपालिका वडा नम्बर १०, १२ र ११ को केही भागमा घरदैलो गरेको थियो । मंगलवार वडा नम्बर १३ र ११ मा घरदैलो गरेपछि ५ दिनअघि निजगढमा सुरु भएको घरदैलो समापन हुने भएको छ ।

निजगढको घरदैलो समापन भएपछि एमाले उम्म्ेदवारहरुको टोलीले मंगलवारबाट कोल्हबी नगरपालिकामा घरदैलो गर्ने कार्यक्रम रहेको चुनाव प्रचार समितिका सुदर्शन कोइरालाले जानकारी दिनुभयो ।

त्यसैगरी प्रदेश सभा क का स्वतन्त्र उम्मेदवार एकबहादुर श्रेष्ठले पनि सोमवार निजगढ नगरपालिकाका वडा नम्बर ८, ७ र ६ मा घरदैलो तथा मतदाता भेटघाट गर्नुभएको छ । जागरण अभियान नामबाट स्वतन्त्र उम्मेदवार श्रेष्ठको टोलीलाई स्थानीयले फूलमाला र अविरले स्वागत गरेको मुख्य प्रचारक गोपाल लम्सालले जानकारी दिनुभयो । चुनाव प्रचार टोलीले मंगलवार निजगढ वडा नम्बर ४, ५, ६, ७ र ८ विभिन्न टोलहरुमा घरदैलो गर्ने कार्यक्रम रहेको लम्सालले जानकारी दिनुभयो ।

Leave a Reply