दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाउँपालिका वडा नं. ७ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, बारा बजारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।बारा फाउन्डेशनको आयोजना करैयामाई गाउँपालिकाको सहयोगमा शिविर सम्पन्न भएको हो ।फाउन्डेशनकी अध्यक्ष मुना खान चौधरीको अध्यक्षता तथा युवा समाजसेवी राकेश सरार्फको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त स्वास्थ्य शिविरमा सहभागी बिरामीहरूको स्वास्थ्य परीक्षण जेनरल फिजिसियन डा. अक्षय चौधरीको नेतृत्वको चिकित्सक टोलीले गरेको थियो ।

शिविरमा दृष्टि आँखा अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. अशोक पासवान, इन्द्रा सुरेश मेडिकल नरहीका दन्त चिकित्सक कन्हैया पटेल तथा नेत्र चिकित्सकहरूको टोलीले पनि बिरामीहरूको स्वास्थ्य परीक्षण गरेको थियो ।कार्यक्रममा बौद्धीमाई नगरपालिका, रौतहटका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरी, समाजसेवी रमेश चौधरी, राज राउत, रामेश्वर चौधरी, सञ्चारकर्मी तथा फाउन्डेशनका पदाधिकारीहरूकोसमेत उपस्थिति रहेको थियो ।कार्यक्रममा स्वागत मन्तव्य शिक्षक अर्जुन चौधरीले राख्नु भएको थियो भने सञ्चालन जितेन्द्र चौधरीले गर्नुभएको थियो ।आयोजकका अनुसार स्वास्थ्य शिविरमा महिला तथा पुरुष गरी कुल ४२५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

Leave a Reply