हेटौंडा – पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा बुधबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । झुरझुरेबाट फापरबारीतर्फ आउँदै गरेको ग १४ प ३७०५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिलला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नं. ४ बस्ने २३ वर्षीय नरेश घर्ती रहेका छन् । दुर्घटनाबाट गम्भीर घाईते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृतक घर्ती मोटरसाईकल सवार हुन् । सो दुर्घटनामा परी सोही ठाउँ बस्ने १८ वर्षीय समिर गुरुङ गम्भीर घाईते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि भरतपुर अस्पतला पठाइएको जिप्रका मकवानपुरले जनाएको छ ।