कृपा संवाददाता
हेटौडा – हेटौंडाकी बिन्दवासिनी कंशकारमाथि एसिड(तेजाब)प्रहार गर्ने भारतीय नागरिक दीलिपराज केशरीलाई आठ बर्ष कैद सजायं सुनाएको छ । जिल्ला अदालत मकवानपुरले केशरीलाई जम्मा आठ बर्ष कारागारमा चलान गर्नका लागि आदेश दिएको हो । जिल्ला न्यायधिश कमलराज बिष्टको इजलासले केशरीलाई आठ बर्ष जेलमा राख्नका लागि आदेश जारी गर्र्दै एकलाख रुपैयां जरिवाना गर्ने फैसला गरेको हो ।
त्यसरी नै कंशाकारमाथि तेजाब प्रहारमा सहयोगी भूमिका निर्वाह गरेको भन्दै संजय मंडललाई सांढे २ बर्ष कैद सजयां सहित ४० हजार जरिवाना जिल्ला अदालत मकवानपुरले तोकेको कंशाकारका तर्फबाट वकालत गर्दै आउनु भएकी जिल्ला कानुनी सहायता समिति मकवानपुरकी अधिवक्ता अप्सरा बस्नेतले जानकारी दिनुभयो ।
हेटौंडाकी कंशाकारमाथि २०७० साल बैशाख ९ गते पसलमा बसिरहेको समयमा केशरीले तेजाब प्रहार गरेका थिए । तेजाब प्रहारबाट कंशाकारको अनुहारमा क्षति पुगेको छ । हालसम्म उपचारका लागि मात्रै ८० लाख रकम सकिएको पीडित कंशाकारले जानकारी दिनुभएको छ ।