नेपालीहरुले केही कुरामा सपना देखेका छन् । सपना पूरा होस् भनेर राजनीतिक नेतृत्वप्रति खबरदारी पनि गरिरहेका छन् ।नेपाल यसै पनि विभिन्न कारणले भन्दा पनि राजनीतिक कारणले नै पछाडि परेको छ । कहिले राण बिरुद्ध आन्दोलन, कहिले पंचायत बिरुद्ध आन्दोलन, कहिले बहुदल बिरुद्ध सशस्त्र संघर्ष तथा कहिले मधेस वा थरुहटको नाउमा भएका आन्दोलनले देश छियाछिया भएको छ । विकास भनेको जसले जे भने पनि पहिलो चैं सडक नै हो ।योसंगै अन्य कुरा पनि हुनु चै. आवश्यक छ । अनि अर्को कुरा जसले जे भने पनि, जति नै संघीयताको रटान लगाए पनि अहिले पनि काठमाडौंको महत्व घटेको छैन बरु बढेको छ । काठमाडौं संगको साइनो बढाउनका लागि भएपनि देशका सबै भूभागको सिधा सडक संजाल काठमाडौंसंग जोडिन जरुरी छ तर मधेसबाट सिधा काठमाडौं जोड्ने सडक दुर्तमार्ग भनेको यो वा त्यो कारणले समस्यामा पारिदैछ ।फाष्ट ट्याक अथवा दुर्तमार्ग बन्यो भने यसले मधेसका नागरिकहरुको एउटा विकासको सपना पूरा गर्नेछ र यहाँका नागरिकहरुको दैनिकीमा पनि धेरै परिवर्तन ल्याउने छ । तर यो बाटो बन्न नदिनका लागि पनि कयौं षडयन्त्र भइरहेका छन् । सेनाले अहिले निर्माणको जिम्मा लिए पनि निर्माण कार्यमा भइरहेको ढिलासुस्तिले कतै यो सपनामाथि खेलवाड गरेर मधेसका नागरिकहरुको भावनाको तुषरातापात पो गरिदैछ कि भन्ने आशंका बढाएको छ ।

Leave a Reply