पुष्पराज खतिवडा,

मनहर्वा, २५ असोज– किर्ते गरी व्यक्तिको नाममा दर्ता गरिएको सार्वजनिक मसानघाटको जमिनको दर्ता बदर भएको छ ।

मालपोत कार्यालय सिमराले साविक पिपरासिमरा गाविस वडा नम्बर– ४ कित्ता नं ५९ को ६ बिगाह ८ कठ्ठा जग्गा २०४७ सालमा कानुन विपरित फरदवा गुठीको माध्यमबाट व्यक्तिको नाममा दर्ता भएको जमिन शुक्रबार बदर गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि उक्त जमिन सार्वजनिक हुनुपर्ने आवाज उठदै आएको र कृपा दैनिकलेसमेत सो विषयमा पटकपटक समाचार प्रकाशन गरेको थियो । मालपोत कार्यालय सिमराले किर्ते दर्ता भएको सो जमिन सरकारको नाममा फिर्ता हुने गरी सार्वजनिक कायम गर्ने निर्णय गरेको हो ।

तत्कालिन सिपरासिमरा गाविस हाल जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित फिल्डबुकमा मसानघाट भनी उल्लेख भएको जग्गा गुठीमार्फत काठमाण्डौं धर्मस्थली स्थायी ठेगाना भएका रामचन्द्र गौतमले आफ्नो नाममा कायम गराइ बिक्री गरेका थिए । हाल उक्त जमिन दर्जानौं कित्तामा परिणत भइ विभिन्न व्यक्तिको नाममा बिक्री वितरण भएको छ ।

२०४७ सालमा रामचन्द्र गौतमले मसानघाटको जमिनको धनी पुर्जा बनाएर पहिलो चरणमा उनकै भाइहरु रामशरण गौतम र मोतीराम गौतमलाई बिक्री गरेका थिए । दोस्रो चरणमा २०७१ सालमा होमनाथ अधिकारी, रविप्रसाद अधिकारी, शिवप्रसाद गौतम र शान्तीदेवि मिजारको नाममा सो जग्गाको श्रेस्ता कायम भएको थियो ।

त्यसपछि मसानघाटको उक्त जग्गा सिमराका व्यवसायी इच्छाबहादुर वाग्ले र उनको प्रोपटी म्यानेजमेन्ट नामको कम्पनीमा गएको मालपोतको श्रेस्ताबाट प्रस्ट देखिन्छ ।

फिल्डबुकमा मसानघाट उल्लेख गरिएको ६ बिगाहा ८ कठ्ठा जग्गा अनाधिकृत रुपमा व्यक्तिका नाममा दर्ता भएकाले उक्त जग्गा दर्ता खारेज गरी सार्वजनिक कायम गरी दिन ०७६ माघ २३ मा स्थानीय वडा कार्यालयले पत्रसमेत काटेको थियो । त्यस्तै वास्तविकता छानबिन गरी आवश्यक कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय बाराले समेत परिपत्र गरेपछि सोही पत्रका आधारमा थप अनुसान्धान गरिएको मालपोत सिमराका प्रमुख यादव आर्चायले बताउनुभयो ।

लामो अनुसन्धानपछि गौतमले अनाधिकृत रुपमा फर्जी प्रमाण पेश गरि जग्गा आफ्नो नाम गरेको पाइएकाले प्रकृया अघि बढाइएको मालपोत आर्चायले बताउनुभयो ।

फिल्डबुकमा मसानघाट भनी उल्लेख भएको सार्वजिनक प्रकृतिको जमिन दुषित तरिकाबाट व्यक्तिको नाममा दर्ता भएको र मालपोल ऐन २०३४ अनुसार बदर गरिएको उहाँले बताए ।

यस्तै मुलुकी देवानी संहिता २०७५ दफा ३०५को उपदफा १ र२ मा भएको नेपाल सरकारले चाहेमामात्र सार्वजनिक प्रयोजनका लागि दर्ता गर्न सक्ने अन्यथा व्यक्तिको नाममा दर्ता गर्न गराउन नहुने, सो भएको भए स्वतः बदर हुने भन्ने ब्यवस्था बमोजिम साविक ५९ नं. कित्ताको जग्गालाई सार्वजनिक कायम लगत कट्टा गरी मिसिल तामेलीमा राख्ने निर्णय भएको आचार्यले बताउनुभयो ।

मसानघाटको सार्वजनिक जग्गा २०४७ साउन ३० गते गौतमको नाममा दर्ता भएको थियो । उक्त जग्गा होटल व्यवसायी वाग्ले, उद्योगीहरुसंगै वीरगजं महानगरपालिकाका प्रमुख विजय सरावगी समेतले खरिद गर्नुभएको थियो ।

उक्त जमिन हाल जग्गा कारोबारमासमेत संलग्न होटल व्यवसायी वाग्ले सञ्चालक रहेको ’प्रोपटी म्यानेजमेन्ट’को नामबाट बेचबिखन भइरहेको थियो । वाग्लेले सो जग्गा वीरगजं महानगरपालिका प्रमुख सरावगी, शालिमार सिमेन्टका प्रमुख अशोक वैद्यका छोरा हेमन्त वैद्यसहित धेरै व्यक्तिलाई बेचबिखन गरिसकेका छन् । बाँकी केही कित्ता जग्गा वाग्ले र उनको प्रोपटी म्यानेजमेन्टको नाममा रहेको अनुसन्धानको क्रममा भेटिएको छ ।

मसानघाटको सार्वजनिक जग्गा संरक्षण गरिदिन भन्दै वडा नं ४ का वडाध्यक्ष भोजबहादुर खत्री (ईश्वर) ले जीतपुरसिमरा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बारा र मालपोत कार्यलय सिमरालाई पत्र पठाएका थिए । पत्रमा खत्रीले ‘फिल्डबुकमा मसानघाट उल्लेख भएको जग्गा २०४७ सालमा कानुन विपरित फरदवा गुठीको माध्यमबाट रामचन्द्र गौतमको नाममा कायम भएको हो । अनाधिकृत रुपमा गौतमको नाममा कायम भएको हुँदा उक्त श्रेस्तालाई बदर गरी सार्वजनिक मसानघाट नै कायम गर्न आवश्यक प्रकिया अगाडि बढाइदिन अनुरोध गर्नुभएको थियो ।

वडाध्यक्ष खत्रीले साविक पिपरासिमरा गाविसको कित्ता नं ५९ को मसानघाटको जग्गा किर्ते गरेर व्यक्तिको नाममा कायम गर्ने र गराउने मालपोत कार्यालय र गुठी संस्थानका कर्मचारीलाई समेत कारवाही दायरामा ल्याउनुपर्ने माग गरेको भएपनि त्यस विषय मालपोतको निर्णयमा सो बारेमा केही उल्लेख छैन ।
बारामा गुठी बाहेकका २ हजो ४५४ बिगाहा सार्वजनिक जग्गा छ । स्थानीय तहहरुले आफू मातहत रहेका सार्वजनिक जग्गा संरक्षणमा चासो नदेखाउँदा भूमाफियाहरुले किर्ते पुर्जा बनाएर भोगचलन गरिरहेका छन् ।

यता मालपोत कार्यालय सिमराले प्रोपटी म्यानेजमेन्टले खरिद गरेको ६ विगाह ८ कठ्ठा जमिन दर्ता बदर गरेपछि कम्पनी अदालल जाने तयारीमा जुटेको छ ।

करोडौं लगानी गररे विधि सम्मत राज्यलाई दस्तुर बुझाएर खरिद भएको र उक्त जमिन संरक्षणमा भएको रकमको क्षेतिपुर्ती पाउनु पर्ने उनको माग रहेको प्रोपर्टी म्यानेजमेन्टं महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले प्रोपटी म्यानेजमेन्टले ठगी गरेर मसानघाटको जग्गा आफूलाई झुक्काएर बेचेको प्रमाणित भए क्षतिपूर्ति सहित रकम फिर्ताका लागि ठगी मुद्दा जाने यस अघि नै बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here