२०५२ साल फागुन १ गतेदेखि यो देशमा माओवादी बिद्रोहको नाउँमा सशस्त्र संघर्ष संचालन गरियो र जसको अगुवाइ अहिलेका प्रधानमन्त्री समेत रहेका त्यतिबेलामा माओवादीका अध्यक्ष र अहिले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए ।

यो संघर्ष नेपालमा करिब दश वर्षसम्म संचालनमा रहेको थियो । यो आन्दोलनका कारण कयौंले अकालमा ज्यान गुमाउन परेको छ । कयौं घरबार बिहिन भएका छन् भने कयौंलाई बेपत्ता बनाइएको छ ।

२०६२ सालमा भएको शान्ति संझौतामा संक्रमणकालिन मुद्दालाई अथवा सशस्त्र संघर्ष अथवा जनयुद्धका क्रममा भएको अपराधको बिषयमा छानबिन गरी पीडकलाई कारबाही, पीडितलाई न्याय तथा परिपूणको व्यवस्थाको कुरा उठे पनि यतातिर दलहरुको ध्यान करिब प्रन्ध वर्षमा पटक्कै गएन । बरु सत्ताका लागि उनीहरुले सबै कुरा बिर्से ।

यसैका कारण हालै सर्बोच्चमा प्रचण्डका बिरुद्धमा उजुरी परेपछि तातेको थियो तर खासै यसले पार पाएन र केही हदसम्म तातेको भने देखिन्छ तर अब पनि यो संक्रमणकालिन न्याय राम्रोसंग सम्पादन हुन सकेन भने एकदिन सबैलाई अप्ठेरो बनाउने निश्चित छ । त्यसैले न्याय निरुपणका सवालमा तत्काल नीति बनाउन आवश्यक छ ।

Leave a Reply