कलैया,जिल्ला प्रहरी कार्याल मातहतका विभिन्न ईकाइ कार्यालयबाट खटिएको प्रहरी टोलीले स्रोत खुलाउन नसकेको १२ लाख ३३ हजार ५ सय रूपैया बराबरको समान नियन्त्रणमा लिएको छ ।ईलाका प्रहरी कार्यालय अमलेखगंजले आइतवारर प्रहरी चौकी पथलैयाको टोलीले सोमवार दिउसो सो मूल्य बराबरको अबैध सामान नियन्त्रणमा लिएको हो ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा वीरगञ्जबाट नारायणघढतर्फ जादै गरेको बा ३ ख ४९८६ नम्बरको यात्रुबाहक बसमा लोड गरेको ७ लाख ३३ हजार ५ सय रूपैया बराबरको विभिन्न किसिमका मोबाइलको डिस्प्ले ४८९ पिस नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।त्यसैगरी सोमवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमारौतहटबाट कास्कीतर्फ जादै गरेको प्र.२–०३–००१ख ०९५६ नम्बरको ट्रकमा लोड गरेको अन्दाजी ५ लाख रूपैया बराबरको १ हजार किलो (एक ट्रक) प्याज नियन्त्रणमा लिएको छ । राजमार्गमा चेकजाँचको क्रममा बिल बिजकभन्दा बढी समानको स्रोत खुलाउन नसकेपछि सो मुल्य बराबरको बरामद गरिएको प्रहरीको भनाई छ । बरामद सामान आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



















