वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रमा सयौं उद्योगहरु संचालनमा छन् । त्यसो त बाराको जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न उद्योगहरूको लापरवाहीका कारण बढ्दो प्रदूषणले स्थानीयको जनजीवन गम्भीर संकटमा परेको कुरा बेला बेलामा आउने गर्दछ ।अझै बेला बेलामा त स्थानीयहरु आन्दोलनमा नै उत्रिने गरेका खबरहरु पनि आउने गरेका हुन । अब यो नौलो कुरा र अहिलेको समस्या पनि होइन ।
मुख्यतः उद्योगबाट निस्कने प्रदूषित पानी, धुवाँ र ध्वनी प्रदूषणका कारण मानव स्वास्थ्य, पशुपंछी तथा कृषि क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित हुने गरेको पनि छ । अहिले भने फेरि सिमरा क्षेत्रका यी उद्योगबाट पीडितहरुले सरकारकै मुख ताकेका छन् ।

बालेन साहको नेतृत्वमा रहेको सरकारले प्रदूषण नियन्त्रणमा ल्याउनका लागि केही भूमिका निर्वाह गर्दछन् कि भन्ने आशा पनि उनीहरुमा देखिन्छ । उद्योगबाट निस्कने फोहोर पानी र धुवाँका कारण गाउँमा गाईभैंसी मर्ने तथा मानिसहरु बिरामी पर्ने क्रम बढ्दो छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ३, ५, ७, ८, ९ र १० भित्र सञ्चालित विभिन्न उद्योगहरूबाट निस्कने प्रदूषणले वातावरणीय सन्तुलन बिग्रँदै गएको छ ।
यस क्षेत्रको गणपति उद्योग, जगदम्बा अटो ग्रुप, अशोक स्टिल, रारा चप्पल उद्योग, शुक्रिया रबर उद्योग, शिवशक्ति घिउ उद्योग, शिवशक्ति एग्रो प्रा.लि., राजेश मेटल उद्योग, कृष्ण स्टिल जस्ता उद्योगहरुबाट अत्याधिक मात्रामा प्रदूषित हावा, पानी र फोहोर पदार्थ उत्सर्जन हुने गरेको हो ।त्यसो त यी उद्योगहरुले स्थानीयहरुलाईं ्रोजगारी मात्र दिएका छैनन्, सरकारलाई कर पनि तिर्ने गरेका छन् । निकै वर्ष अगाडि वीरगञ्ज पथलैया भनेको उद्योग संचालनका लागि वा खोल्नका लागि नै उचित स्थान हो भनिएको थियो । तर अब यहाँ मानव बस्ती पनि बढेका छन् ।

अब उद्योगहरुले पनि यो विषयमा सोच्न आवश्यक छ । कतिपय उद्योगले प्रदूषण रहित बनाउनका लागि प्रयास पनि गर्दैआएाक छन । जसले गरेका छैनन्, उनीहरुले पनि प्रदूषण नियन्त्रण गर्ने उपकरण जडान गरेर उद्योगलाई वातावरणमैत्री बनाउन् ।उद्योग बन्द नै समस्याको समाधान होइन तर व्यवस्थित चैं गरौं । यत्ति गर्न सके सबैलाई फाइदा हुनेछ ।

 

Leave a Reply