नवीन चौधरी

वीरगन्ज,पर्सा जिल्लाको औषधि बजार प्रतिनिधिको हेटौडामा मंगलवार पिकअप गाडीको ठक्करबाट मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ३ स्थित सानो देकुली बस्ने भन्डराम थारुको ३३ बर्षिय छोरा धर्मेन्द्र थारु रहेका छन ।

मोबाइलमा कुरा गर्दै सडक पेटीमा उभिइरहेको अवस्थामा उनलाई पिकअपले पछाडिबाट ठक्कर दिएको थियो । आफ्नो मोटरसाइकल पार्किङ्ग गरि सडक पेटीमा उभिएर कुरा गरिरहेको अवस्थामा ना. ५ च. २९९ नम्बरको एकता ब्रीडिङ्ग ह्याचरी चितवनको खाली बोलेरो पिकअपले थारुलाई ठक्कर दिएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को कठायत चौकस्थित धारन चतरा सडक खण्डको हटियामा दुर्घटना भएको हो । उपचारको लागि हेटौंडा अस्पताल ल्याउदै गर्दा थारुको बाटोमै मृत्यु भएको थियो ।

थारुको शव हेटौंडा अस्पतालमा थप अनुसन्धानको लागि राखिएको र पिकअप तथा चालक अनिल मैनालीलाई आफ्नो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकको सालो अजय चौधरीका अनुसार बि.स.२०७६ साल ओमनिका ल्याब्रोटिज औषधी कम्पनीमा लाहान हेडक्वाटर भएर आफ्नो क्यारियर सुरु गर्नुभएका थारु ओमनिकामै २०७८ होमटाउन वीरगन्जमा सर्नुभएको थियो ।

Leave a Reply