हेटौंडा,हेटौंडा उपमहानगरपालिका— ११ थानाभ¥याङमा गाडीले च्यापिएर सहचालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका– ११ थानभ¥याङमा ट्रकले च्यापिएर पर्साको पर्सागढी गाउँपालिका– ३ का विरुवागुठीका २३ वर्षीय फुलकान्त थारुको उपचारको क्रममा मृत्यु भएको हो ।थानाभ¥याङमा रोकिराखेको ना. ७ ख.७०१८ नम्बरको लहरी ट्रकको अगाडिको भागको सिसा पुछेर सफा गर्न लागिरहेको अवस्थामा चालकले गाडी चलाउँदा राजमार्ग छेउमा अगाडि रोकिराखेको ना ६.ख.४२८९ नम्बरको ट्रक पछाडि ठोक्किँदा लहरीको सहचालक थारु च्यापिएर घाइते भएका थिए ।
घाइते सहचालक थारुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो ।भरतपुर अस्पतालमा उपचारको क्रममा सहचालक थारुको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता पुस्कर बोगटीले बताउनुभयो ।
लहरीका चालक पर्सा ठोरी गाउँपालिका– १ का ३२ वर्षीय एकराज तिमिल्सेना र अर्का चालक उदयपुरका २९ वर्षीय भविस तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहामा टिपरको ठक्करबाट एकजनाको मृत्यु, चालक पक्राउ
सिरहा,सिरहाको गोलबजार नगरपालिका ६ स्थित धमनी मन्दिर नजिक मंगलबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर कटारी नगरपालिका १ का करिब ५० वर्षीय समजित राई रहेका छ ।
गोलबजारबाट लहानतर्फ जाँदै गरेको ना १ क ९२२८ नम्बरको टिपरले सोही दिशामा पैदल हिँडिरहेका राईलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका राईको पेट तथा दुवै हातमा चोट लागेको थियो । तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएपनि करिब १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार दुर्घटनामा संलग्न टिपर र धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ का ४६ वर्षीय चालक प्रविन सिंह क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

















