हेटौंडा बागमती प्रदेशको राजधानी मात्र होइन, पूर्वपश्चिम लोकमार्गको एउटा महत्वपूर्ण शहर पनि हो । पूर्वपश्चिम यात्रा गर्ने जो कोहीले पनि हेटौंडा बजार एकछिनका लागि भएपनि टेक्नु नै पर्दछ तर यही हेटौंडा शहर यो वा त्यो कारणले लामो समयदेखि एक प्रकारले भन्दा साँघुरो सडकमा कारण बद्नाम जस्तै छ ।राजधानी नभएर पनि भरतपुर आहा भन्ने खालको छ अनि राजधानी भएर पनि हेटौंडा सडकको सवालमा छि भन्नुपर्ने अवस्थामा नै थियो अब यसको मुहार फेरिने शंकेत मिलेको छ ।

विभिन्न आशंका र अवरोधका बावजुद स्थानीय प्रशासनको सहयोगमा शनिबार हेटौंडाको वषौंदेखि अतिक्रमण गरिएको घर टहराहरु भत्काइएको छ । सडक विस्तारका लागि यो अति आवश्यक थियो अनि हेटौंडामा शनिवारको घटनाले यो देशमा गैरदलीय सरकार पो ठीक छ कि भन्ने संकेत गरेको छ । किनभने दलका कारण नै यो शहरको बाटो चौडा नभएकै हो । हेटौडाको मुख्य बजार क्षेत्रको सडक चौडा पार्ने वषौंदेखिको प्रयास हुदैआएको थियो ।

अब हेटौंडा जस्तै कुरा वीरगञ्ज शहरको पनि आउछ । वीरगञ्ज पनि नेपालको मुख्य प्रवेश मार्ग हो । यो शहरको मुख्य बजार क्षेत्रको सडक चौडा भएको छैन । तर यहाँको सडक पनि सुधार गर्न ढिला भइसकेको समयले नै भन्दैछ । न्यायलय बाधक नबन्ने हो भने वा नबनेको भए यो बाटो पनि धेरै पहिला चौडा हुने थियो ।त्यसैले हेटौंडामा डोजर चल्दा धेरैलाई वीरगञ्जमा पनि चल्नु पर्छ भन्ने लागेको छ, ढिलोचांडो यो संभव छ भन्ने कुरा हेटौंडाले बताएको छ । अब सडक विस्तार गर्ने विषयमा कसैले पनि बखेडा झिक्न आवश्यक छैन ।

Leave a Reply