df5fk'R5||] lxdfn kf]v/f !^ sflQs M kf]v/f cGt/f{li6«o ljdfg:ynaf6 b]lvPsf] df5fk'R5||] lxdfn . olta]nf kf]v/fsf] df};d v'n]sf] 5 . lxdz[ªvnf lgs} cfsif{s b]lvPsf 5g . tl:a/ M hd'gfjiff{ zdf{ ÷/f;;

काठमाडौँ — आइतवार अपराह्ण काठमाडौँमा परेको असिनापानीका कारण प्रतिकूल मौसम सिर्जना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गर्न नसकेका तीनवटा अन्तर्राष्ट्रिय विमान ‘डाइभर्ट’ भएका छन्।

विमानस्थल कार्यालयका अनुसार Turkish Airlines, Air ChinaSichuan Airlines का विमानहरू काठमाडौँको आकाशमा केही समय ‘होल्ड’ भएपछि वैकल्पिक गन्तव्यतर्फ मोडिएका थिए। तीमध्ये टर्किश एअरलाइन्सको विमान भारतको दिल्ली, एअर चाइनाको विमान चीनको ल्हासा र सिचुवान एअरको विमान छेन्दूतर्फ फर्किएको थियो।

विमानस्थलको सञ्चालन कक्षका अनुसार ती विमानहरू नेपालको ‘फ्लाइङ इन्फर्मेशन रिजन’ भित्र प्रवेश गरिसकेपछि केही समय आकाशमै होल्ड गरिएको थियो। तर मौसम सुधार नहुँदा अन्ततः ‘डाइभर्ट’ गर्नुपरेको हो।

यसअघि पनि काठमाडौँमा अवतरण गर्न नसकेका अन्तर्राष्ट्रिय विमानहरू भारतका कोलकाता, लखनऊ वा दिल्लीजस्ता विमानस्थलतर्फ मोडिएको उदाहरणहरू छन्। गत वर्ष कात्तिकमा पनि धावनमार्गको लाइट प्रणालीमा समस्या आउँदा नजिक आइपुगेका विमानहरू भारततर्फ डाइभर्ट भएका थिए।

उड्डयन क्षेत्रका जानकारहरूका अनुसार काठमाडौँबाट डाइभर्ट भएका विमानहरू विरलै मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गर्ने गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख टेकनाथ सिटौलाका अनुसार डाइभर्ट गर्नुपर्ने अवस्थामा कुन विमानस्थल रोज्ने भन्ने कुरा उडान योजना (फ्लाइट प्लान)मै पूर्वनिर्धारित हुन्छ। उनका अनुसार वायुसेवाहरूले आफ्नो नियमित उडान मार्ग (ट्रङ्क रुट) मा पर्ने विमानस्थललाई मात्रै वैकल्पिक अवतरणस्थलका रूपमा छनोट गर्ने गर्छन्।

यस कारण काठमाडौँ नजिक आइपुगेका विमानहरू पनि प्रायः छिमेकी देशका विमानस्थलतर्फ मोडिने गरेका हुन्।

Leave a Reply