वीरगन्ज,नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ सांसदमा वीरगन्ज महानगरका पूर्ब मेयर विजय कुमार सरावगीको नाम सिफारिस भएको छ ।
सोमबार बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकले संघीय सांसदमा प्रत्यक्ष तर्फ सरावगीको नाम सिफारिस गरेको हो ।पर्साको निर्वाचन क्षेत्र नम्बर २ बाटै संघीय सांसदमा प्रत्यक्ष तर्फ सारावगीसंगै एमाले केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा र बसरुद्विन अन्सारिको नाम पनि सिफारिस भएको एमाले वीरगन्ज महानगर कमिटी उपाध्यक्ष महेश दासले जानकारी दिनुभयो ।