कलैया,बाराको सिमरौनगढ नगरपालिका वडा नम्बर ९ बसवरिया टोलस्थित ५२ बिगाहामा फैलिएको प्रसिद्ध देवताल झरोखर पोखरीमा पालिएका माछाहरु मर्न थालेपछि माछा पालक किसानहरु चिन्तित बनेका छन् । करिव ५२ बिगाहामा रहेको पोखरीमा पालिएको माछाहरु विगत एक सतादेखि भटाभट मर्न थालेका छन् ।

माछा बचाउनका लागि पोखरीमा औषधी हाले पनि दिनप्रतिदिन माछा मर्ने क्रम बढ्दै गएको किसानहरुले बताएका छन् । दैनिक करिव २० क्युन्टलको दरले माछाहरु मर्न थालेको कचोर्वाका कृषक विद्धालाल प्रसादले बताउनुभयो ।

एकैपटक धेरै माछा मर्न थालेपछि मरेका माछा व्यवस्थापन गर्न पनि समस्या भइरहेको किसानहरुको भनाइ छ । माछा विशेषज्ञ डाक्टर. कमलेश सिहले माटो र पानीमा प्रदुषण बढेकाले माछाहरु मर्न थालेको बताउनुभयो । पोखरीको पानी सबै निकालेर फेरी सफा पानी हाल्न आवश्यक रहेको सिँहले बताउनुभयो । सिम्रौनगढ नगरपालिकाले उक्त पोखरीमा पाँच वर्षसम्म माछा पाल्नको लागि चार करोड रुपैयामा ठेक्कामा लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here