नरेश गुप्ता
बरियारपुर – हुलाकी राजमार्ग अन्तर्गत सवारी दुर्खटना बढनुको साथै अकालमै ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । सडकमा सवारीको चाप र चालकको लापरबाही कै कारण सडक दुर्खटना बढ्दै गएको छन । हुलाकी राजमार्ग कलैया उपमहानगरपालिका २५ अन्तर्गत बरियारपुर कलैया सडकखण्ड लक्ष्मिनिया स्थित ट्रकको ठक्करबाट शुक्रबार एक जना मोटरसाइकल चस्लकको ज्यान गएको थियो भने मोटरसाइकल पछाडि बस्ने अर्को गम्भीर घाईते भएको थियो ।
बरियारपुरबाट कलैया तर्फ जाँदै गरेको ना ३५ प ५११२ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउदै गरेको ना २ क ३०८ नम्बरको ट्रकले ठक्कर दिए पछि महागढीमाई नपा ६ पत्रहटी निवादी खेना यादवको २८ बर्षिय छोरा संतोष यादवको ज्यान गएको र अर्को उनका भान्जा पवन यादव गम्भीर घाईते भएको थियो । गम्भीर घाईतेलाई न्युरो अस्पताल बिरगंजमा उपचारको क्रममा संतोष यादवको मृत्यु भएको थियो ।
मृत्युको भान्जा गम्भीर अवस्थामा न्युरो अस्पतालमा उपचार भैइरहेको परिवारिक श्रोतले बताए । ठक्कर दिने चालक र ट्रक जिल्ला प्रहरी कार्यलय बाराको नियन्त्रणमा रहेको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनु भयो ।